१४ असोज बर्दिया । सर्पको डसाईबाट बर्दियामा एक जनाको मृत्यु भएको छ ।बर्दियाको राजापुर नगरपालिका ५ जैपुरका ७७ वर्षीय बेझु चौधरीको बुधबार बिहान सर्पको डसाईबाट मृत्यु भएको हो ।

सर्पको डसाईबाट गम्भिर घाईते भएका चौधरीलाई उपचारको लागि बर्दिया अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सुचना अधिकारी एवंम् प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो
बुधबार बिहान साढे १ बजे पिसाब फेर्न जाने क्रममा चौधरीलाई अत्यन्तै विषालु कोब्रा सर्पले बायाँ खुट्टामा डसेको थियो ।