१२ असोज काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।

प्रसाईंलाई साइबर ब्युरोको टोलीले सोमबार बिहान पक्राउ गरेको हो ।रास्वपाकी सांसद रचना खतिवडाविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भनेर उनीविरुद्ध ब्यूरोमा उजुरी परेको प्रहरीले जनाएको छ । जेनजी शहिद रसिक खतिवडाकी आमा समेत रहेकी रचनालाई ‘छोराको लाशमा टेकेर संसद् बनेको’ आरोप प्रसाईँले लगाएका थिए । सांसद खतिवडाले संसद् बैठकमै प्रसाईँको अभिव्यक्तिमा आपत्ति जनाएकी थिइन् । त्यस क्रममा उनी भक्कानिएर रोएकी थिइन् । सो अभिव्यक्ति विरुद्ध खतिवडाको परिवारबाट उजुरी दिइएको बताइएको छ ।