के खाएपछि मध्यरातमा जोस र मध्याह्नमा होस आउँछ – दुलाल

के खाएपछि मध्यरातमा जोस र मध्याह्नमा होस आउँछ – दुलाल

१२ असोज काठमान्डौं । नेकपाका प्रमुख सचेतक युवराज दुललाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउबारे सरकारलाई प्रश्नैप्रश्न गरेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा उनले बिनापक्राउपुर्जी, बिनाकारण पक्राउ गरेर सरकारले गैरकानुनी राज्यको दृष्टान्त देखाएको बताए ।उनले देश कानुनी बाटोमा हिँड्दैछ कि अराजकतको बाटोमा भन्ने प्रश्नको जवाफ मागे ।मध्यरातमा पक्राउ गरेर ११ घण्टामै छोडिएको प्रति आपत्ति जनाउँदै सोधे, “के खाएपछि मध्यरातमा जोस आउँछ, मध्याह्नमा होस आउँछ ”उनले सुरक्षा थ्रेट दिनेलाई गिरफ्तार गरिन्छ कि सुरक्षा थ्रेट हुनेलाई भन्ने प्रश्न गरे ।“यो दादागिरीको अन्त्य हुनुपर्छ । के गरेपछि यस्तो बहुलठ्ठीपूर्ण पागलपन आउँछ , यो देश हाम्रो पनि हो । सदासदाको पेवाजस्तो सरकार चलाउन पाइदैन”, दुलालले भने ।