दाङका ४ जना पूर्वसभापतिद्वारा कांग्रेसको महाधिवेशन बहिष्कार

दाङका ४ जना पूर्वसभापतिद्वारा  कांग्रेसको महाधिवेशन बहिष्कार

५ असोज दाङ । नेपाली कांग्रेस दाङका चार पूर्वसभापतिहरूले पार्टीको १५ औँ महाधिवेशन प्रक्रिया बहिष्कार गरेका छन् ।निवर्तमान सभापति कृतिबहादुर खड्का, पूर्वसभापति घनश्याम रेग्मी, बिरकेशरी गौतम र गेहेन्द्र गिरी अहिले पार्टी केन्द्रीय समूहमा इतर पक्षमा छन् ।

उनीहरूसँगै राष्ट्रियसभा सदस्य वासुदेव जंगली, राप्ती बबई क्याम्पसका अध्यक्ष श्याम रेग्मी, पूर्वसचिव कुमुदराज शर्मा, गोपलराज शर्मा, बद्री खड्का, पूर्ण मल्ल, श्याम विकलगायतका नेताले महाधिवेशन बहिष्कारको पक्षमा छन् ।