‘माण्डवी’ लोकार्पणसँगै मञ्चन

‘माण्डवी’ लोकार्पणसँगै मञ्चन

४ आश्विन काठमाडौं । सद्भाव थिएटर  नेपालको प्रस्तुति तथा राम के।ए।सी।को लेखन(निर्देशनमा तयार भएको मौलिक नाटक ‘माण्डवी’को पुस्तक लोकार्पणसँगै मञ्चन सुरु भएको छ । थापागाउँस्थित थिएटरमा आयोजित कार्यक्रममा नाटकको पुस्तक लोकार्पण गरिएको हो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयकी उप प्राध्यापक डा कान्छी महर्जनले नाटकले उठाएको सह अस्तित्वको विषय समाज विकासका लागि महत्त्वपूर्ण रहेको बताउनुभयो । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य तथा प्राज्ञ जितबहादुर देउजा ‘विजय विष्फोट’ले ‘माण्डवी’लाई प्रयोगवादी नाटकका रूपमा टिप्पणी गर्नुभयो