४ असोज काठमान्डौ । इरानले अमेरिकालाई पठायो युद्ध अन्त्यका सर्त इरानले अमेरिकालाई युद्ध अन्त्यका सर्त पठाएको छ ।कतारमार्फत इरानले अमेरिकालाई युद्धको पूर्ण अन्त्यबारेका सर्त पठाएको समाचार संस्था अलजजिराले जनाएको छ ।इरानको राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख मोहसेन रेजाइले युद्ध अन्त्यको सर्त पठाइएको बताएका छन् ।
आफ्ना सर्तमा प्रतिबन्धित सम्पूर्ण सम्पत्ति फुकुवा हुनुपर्ने, अमेरिकाले सबै हमला स्थगित गर्नुपर्ने र समुद्री नाकाबन्दी हटाउनुपर्ने उल्लेख गरेको रेजाइले बताएका छन् ।