अभिषेक शर्माले ३० बलमै बनाए शतक

अभिषेक शर्माले ३० बलमै बनाए शतक

२ असोज काठमाडौं । भारतीय ओपनर अभिषेक शर्माले दिल्लीमा अफगानिस्तानविरुद्धको तेस्रो टी २० खेलमा मात्र ३० बलमा शतक प्रहार गर्दै पूर्ण सदस्य राष्ट्रका ब्याटरद्वारा बनाइएको सबैभन्दा छिटो टी २० आई शतकको नयाँ कीर्तिमान कायम गरेका छन्।यसअघि यो कीर्तिमान संयुक्त रूपमा जिम्बावेका सिकन्दर रजा २०२४ गाम्बियाविरुद्ध र न्युजिल्यान्डका फिन एलेन २०२६ टी २० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध को नाममा ३३ बलको रहेको थियो, जसलाई अभिषेकले ३ बलले सुधार गरेका हुन्।

यद्यपि, समग्र टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा भने इस्टोनियाका साहिल चौहानले सन् २०२४ मा साइप्रसविरुद्ध बनाएको २७ बलको शतक नै अहिलेसम्मकै सबैभन्दा छिटो शतकको रूपमा दर्ता छ।यो अभिषेकको तेस्रो टी २० आई शतक हो। भारतका लागि रोहित शर्मा ५ शतक र सूर्यकुमार यादव ४ शतक ले मात्र उनीभन्दा बढी शतक प्रहार गरेका छन्।