रबी र बालेन स्याङ्जा नगएपछि, कांग्रेस सभापति थापा जाँदै

रबी र बालेन स्याङ्जा नगएपछि,  कांग्रेस सभापति थापा जाँदै

दीपककुमार शर्मा

२५ भदौ,काठमान्डो । नेपाली कांग्रेसका सभापति गगन थापा आज स्याङ्जा आउने भएका छन् । कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री स्वर्गीय गोपालमान श्रेष्ठको ४५औं दिनको पुण्यतिथिमा आयोजित शोकसभामा सहभागी हुन थापा स्याङ्जा आउन लागेका हुन् ।

श्रेष्ठको राजनीतिक योगदान, लोकतान्त्रिक आन्दोलनमा उनले खेलेको भूमिका तथा पार्टी र स्याङ्जाको सामाजिक–राजनीतिक क्षेत्रमा पुर्‍याएको योगदानको स्मरणमा शोकसभा आयोजना गरिएको कांग्रेस स्याङ्जाका प्रवक्ता भरतप्रसाद लम्सालले जानकारी दिए ।श्रेष्ठको गत साउन १२ गते जावलाखेलस्थित हेलिअस अस्पतालमा क्यान्सरको उपचारका क्रममा ८३ वर्षको उमेरमा निधन भएको थियो ।