२४ भदौ काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले विपत्तिको घडीमा सरकार र प्रतिपक्षीको आँखाले भन्दा पनि राष्ट्रिय एकताको भावले हेर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सभापति लामिछानेले बाढी पहिरोका सन्दर्भमा सरकारले गरिरहेको उद्धार तथा राहत कार्यको प्रशंसा गरे ।

सभापति लामिछानेले भने– ‘विपत्तिमा सरकार र प्रतिपक्षीको आँखाले हेर्नुहुँदैन। अहिले राज्यले मलवाहक र भग्नावशेषमा हराएका मानव जीवनको खोजी गरिरहेको छ।प्रतिकूल मौसम र बाटोको अवरोधका बाबजुद उद्धारकर्मीहरूले जोखिम मोलेर घटनास्थलमा पुगेर गरेको कार्यको उनले उच्च कदर गरे ।