भदौ २४ नेपालको लोकतान्त्रिक इतिहासको कालो दिन – प्रचण्ड

भदौ २४ नेपालको लोकतान्त्रिक इतिहासको कालो दिन – प्रचण्ड

२४ भदौ काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन–जी आन्दोलनका क्रममा भएको हिंसा, आगजनी र तोडफोडबारे निष्पक्ष तथा स्वतन्त्र छानबिन हुनुपर्ने बताएका छन् । जेन–जी आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा बुधबार वक्तव्य जारी गर्दै उनले आन्दोलनका सबै पक्षको सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग राखेका हुन् ।

जेन–जी आन्दोलन प्रारम्भमा अभिव्यक्ति स्वतन्त्रता, सुशासन, भ्रष्टाचारविरुद्धको खबरदारी र नयाँ पुस्ताको भविष्यप्रतिको चिन्ताबाट उत्पन्न भएको प्रचण्डको भनाइ छ । तर युवाको आवाजलाई संवेदनशील रूपमा सम्बोधन गर्नुको सट्टा राज्यले दमनको बाटो रोजेको र त्यसपछि आन्दोलनमा ‘सन्दिग्ध तत्व’ प्रवेश गरेको आरोप उनले लगाएका छन् ।प्रचण्डले भदौ २४ गतेलाई नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा ‘कालो दिन’ का रूपमा चित्रित गरेका छन् । नेपाली जनताको आत्मनिर्णयको अधिकार, राष्ट्रिय स्वाधीनता तथा ऐतिहासिक र पुरातात्विक धरोहरमाथि भएको विध्वंसका कारण पनि उक्त दिनलाई कालो दिनका रूपमा लिनुपर्ने उनको भनाइ छ ।