२२ भदौ काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोसी बाढीको सन्दर्भमा सरकारले हिरोइजम नायकत्व मात्र देखाएको आरोप लगाएका छन् ।केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समितिको बैठकमा विनाशकारी बाढीको समीक्षा गर्दै प्रचण्डले पीडित नागरिकको खोजी, उद्धार र राहतमा सरकारले इमानदारिता नदेखाएको जिकिर गरेका हुन् ।‘सरकारले हिरोइजम देखायो । प्रधानमन्त्रीको काम बिहान–बेलुका स्टाटस राख्ने र गृहमन्त्री सुरुङ कोट्याउनमै सीमित देखिए ।