कतै शोक त कतै भोक

कतै शोक त कतै भोक

भरत परियार
१२ भदौ बर्दिया । आज फेरि नेपाल रोयो।रसुवाको भोटेकोशी नदी अचानक उर्लियो। तिब्बततर्फबाट आएको आकस्मिक बाढीले टिमुरे, स्याफ्रुबेँसीलगायतका क्षेत्रमा ठूलो क्षति पुर्‍यायो। रसुवामा आएको विनाशकारी बाढीपछि देखिएको एउटा दृश्यले नेपालको राज्यब्यबस्था लाई नै गिजाइ रहेको छ।एकातिर बाढीको त्रास, अर्कोतिर घरमा चुलो बाल्ने ग्यासको चरम अभाव। जीवन जोगाउने कि चुलो बाल्ने ग्यास खोज्नेरु भन्ने विडम्बनापूर्ण अवस्थामा सर्वसाधारण पुगेका छन्।
यो दृश्यलाई केवल अभावको कथा मात्र हैन यो राज्यको आपूर्ति व्यवस्थामाथिको प्रश्न हो।यो विपद् व्यवस्थापनमाथिको प्रश्न हो।यो राज्यको तयारीमाथिको प्रश्न हो।विपद् प्राकृतिक हुन सक्छ, तर विपद्पछि वा बिपत अघि नागरिकले भोग्ने चरम अभाव र असुरक्षा सधैँ प्राकृतिक हुँदैन। यसर्थ नेपालमा विपद् आउँछ, मानिस मर्छन्, केही दिन शोक हुन्छ, केही राहत बाँडिन्छ, केही आश्वासन दिइन्छ अनि समय बित्दै जान्छ।तर जोखिम भने उस्तै रहन्छ।पछिल्ला वर्षहरू सम्झौँ।बाढी आयो—घर बग्यो। पहिरो आयो परिवार पुरियो।सडक भासियो—यात्रु मरे।

भूकम्प आयो—बस्ती उजाडियो।हामी विपद्सँग लडिरहेका छौँ कि विपद् आएपछि त्यसको हिसाब मात्र राखिरहेका छौँ . नेपालको अर्को ठूलो राष्ट्रिय पीडा हो—रोजगारीको अभाव।देशमा काम छैन। युवाको हातमा सीप छ, तर अवसर छैन।आँखामा सपना छ, तर आफ्नै देशमा भविष्य देखिँदैन।त्यसैले नेपाली युवा पासपोर्ट बोकेर विमानस्थल पुग्छ।देशमा रोजगारी सिर्जना गर्न नसक्दा विदेशिएको युवा त्यहीँ मरेर बाकसमा फर्किनु केवल व्यक्तिगत दुःख होइन—यो राज्यको अर्थनीति र रोजगारी नीतिमाथिको गम्भीर प्रश्न हो।नेपालमा अर्को मौन महामारी हो—सडक दुर्घटना।खराब सडक, कमजोर पुल, अव्यवस्थित यातायात, चालकको लापरबाही, सवारीको कमजोर अवस्था र प्रभावकारी नियमनको अभावका कारण बिहान घरबाट निस्किएको मानिस बेलुका घर फर्किन्छ या फर्किदैन त्यो परिवारका लागि चिन्ता बनेको छ।

बिडम्बना का साथ भन्नू पर्छ नेपालको राजनीति परिस्थिति यति अस्थिर र अव्यवस्थित र अब्यबाहारिक बनिसकेको छ कि नेपाली जनता सडकमा उत्रिनु बाध्यता बनेको छ। कहिले ,लोकतन्त्रका लागि।कहिले अधिकारका लागि ।कहिले गणतन्त्रका लागि । कहिले भ्रष्टाचारविरुद्ध । कहिके रोजगारी का लागि ।त कहिले न्यायका लागि ।पछिल्लो भदौ २३ र २४ गतेको जेन जि पुस्ताको नेतृत्वको आन्दोलनमा भ्रष्टाचार, अवसरको अभाव र शासनप्रतिको असन्तुष्टिले ठूलो रूप लियो।हजारौँ मानिस घाइते भए।राज्यका महत्वपूर्ण संरचनाहरूमा समेत आगजनी र तोडफोड भयो। सर्वोच्च अदालत, संसद् तथा अन्य सार्वजनिक संरचनामा ठूलो क्षति पुग्यो। इतिहासको विडम्बना यही हो।आखिर यिनै गरिब जनता कहिले सम्म मर्नु पर्ने होर यो प्रश्न सबै राजनीतिक दलले आफैँलाई सोध्नुपर्छ।सत्ता बदलियो।सरकार बदलियो। मन्त्री बदलिए।नारा बदलियो ।घोषणापत्र बदलियो।तर गरिबको जीवन किन बदलिँदैन  बाढी आउँदा गरिबको घर बग्छ।पहिरो आउँदा गरिबको परिवार पुरिन्छ।भूकम्प आउँदा कमजोर घरमा बस्ने गरिब बढी जोखिममा पर्छ।सडक दुर्घटनामा सार्वजनिक यातायात चढ्ने नागरिक मर्छ। रोजगारी नपाउँदा गरिब परिवारको युवा विदेशिन्छ।विदेशमा मृत्यु हुँदा गरिब आमाको काख रित्तिन्छ।राजनीतिक आन्दोलन हुँदा सडकमा उत्रिने पनि प्रायः युवा र सर्वसाधारण नै हुन्छन्।त्यसैले आज नेपालको सबैभन्दा ठूलो प्रश्न यही हो।तसर्थ सरकारलाई केवल राहत बाँड्ने सरकार होइन, जोखिम घटाउने र रोजगारी सिर्जना गर्ने सरकार बन्नुपर्छ।सरकार परिवर्तन मात्रै समाधान होइन।शासनको संस्कार परिवर्तन हुनुपर्छ।

अब शोक होइन, समाधान चाहिन्छ
आज रसुवामा मानिस रोइरहेका छन्।कसैले आफ्ना आफन्त खोजिरहेका छन्।कसैले घर खोजिरहेका छन्।कसैले बाटो खोजिरहेका छन्। कसैले आफ्नो भविष्य खोजिरहेका छन्। देशका हजारौँ घरमा विदेश गएका छोराछोरीको फोनको प्रतीक्षा छन।कतै आमा रोइरहेकी छिन्।कतै श्रीमती पर्खिरहेकी छिन्।कतै बच्चाले बाबुको फोटो हेरेर सोधिरहेको छ— सरकार यही हो आजको नेपाल , आज रसुवाको खोलामा देखिएको त्यो दृश्य केवल एउटा सिलिन्डरको खोजी होइन—
यो पेटको आगो निभाउन संघर्ष गरिरहेको नेपाली जनताको तस्वीर हो।अब नेपाली नागरिकले केवल राहत होइन, सुरक्षित जीवन मागेको छ। रोजगारीको आश्वासन होइन, रोजगारीको अवसर मागेको छ। विकासको भाषण होइन, जवाफदेही विकास मागेको छ। राजनीतिक परिवर्तन होइन, जनताको जीवनमा परिवर्तन मागेको छ।
र अब राज्यले पनि एउटा कुरा बुझ्नुपर्छ—
बाढीले बगाएको मानिसको शव, पहिरोले पुरेको परिवार, भूकम्पले भत्काएको घर, सडकले खोसेको जीवन, विदेशबाट आए‘ पहिरो आउँदा परिवार पुरिन नपरोस्, र परिवर्तनका लागि नेपालीले फेरि नेपालीकै रगत बगाउन नपरोस्।

भरत परियार

बाँसगढि ६ बर्दिया