१२ भदौ काठमाडौं । हरेक अंग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको ‘आर’शालामा आयोजना हुँदै आएको सांगीतिक पलेँटीमा यसपटक गीतकार तथा अभिनेता नीर शाह प्रस्तुत हुने भएका छन् । कार्यक्रममा शाहद्वारा रचित झण्डै डेढ दर्जन गीतहरू समावेस गरिएका छन् । यनका गीत मीना पोखरेल र रुपक चौधरीले गाउने छन् ।
पलेँटी कार्यक्रम यही अगष्टको अन्तिम शुक्रबार र शनिबार आयोजना हुनेछ ।उनले रचेका गीतमा ‘पर्खी बसेँ आउला भनी’, ‘कहिले काहीँ म हाँस्छु’, ‘गहिराईमा डुब्दै नडुब’, ‘अधरको मुस्कान त केही होइन’, ‘बादल बनाई देऊ’, ‘हिउँभन्दा चिसो’लगायत थुप्रै गीतहरू रहेका छन् ।शाहले गैरफिल्मी गीतमा जसरी कलम चलाएका छन् । शाहले रचना गरेका फिल्मी गीतहरूमा ‘आँखैमा कसैको तस्बिर बसेछ’, ‘जति निर्मल’, ‘छोरी मलाई भागी भागी’, ‘यो साँझ यो सुवास’ लगायतका गीतहरू लोकप्रिय छन् ।नीर शाह लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा क्रियाशील रहँदै आएका परिचित अभिनेता तथा निर्देशक हुन् । उनको कलाकारितामा गीति सृजनाको पनि महत्वपूर्ण भूमिका रहेको छ । शाहले रचना गरेका गीतहरूले लामो समयदेखि नेपाली संगीत संसारलाई तरंगित बनाउँदै आएका छन् ।