रसुवा बाढी : हालसम्म ७२ जनाको शव फेला

रसुवा बाढी : हालसम्म ७२ जनाको शव फेला

१० भदौ काठमाडौँ । रसुवा स्थित भोटेकोशीमा आएको बाढीका कारण मृत्यु हुनेको संख्या ७२ पुगेको छ । मृतकका संख्या अझै बढने देखिएको छ ।अहिलेसम्म ७२ जनाको शव भेटिएको प्रहरी प्रवक्ता डीआईजी अबि नारायण काफ्लेले बताए । रसुवा, नुवाकोट, धादिङ र चितवनस्थित नदी तटिय क्षेत्रमा शव भेटिएको हो ।

भेटिएका शवहरूको पहिचान खुलाउने प्रयास भइरहेको डीआईजी काफ्लेले जानकारी दिए ।बाढीमा परेका २८ जना प्रहरी कर्मचारी सम्पर्कमा छैनन् ।