१७ असोज बाँके । मंगलबार दिउसो १ वजेदेखी जारी गरिएको अनिश्चित कालिन कफर्युका विच नेपालगञ्ज शान्त बन्दै गएको छ । विहानै मनिङ्ग वाकमा निस्किएकाहरुलाई प्रहरीले सम्झाउदै घर पठाउने काम गरेको थियो भने अहिले मुख्य बजार पुर्ण रुपमा बन्द रहेको छ । सिमा क्षेत्रमा अलपत्र परेकाहरुका लागी गन्तव्य सम्म पुग्नका लागी प्रहरीले विशेष व्यवस्था मार्फत कफर्यु लागेको क्षेत्र भन्दा वाहिर पठाउने काम गरिरहेको छ । मंगलबार दिउसो १ वजे देखि कफर्यु लागेपछि कुनै पनि अप्रिय घटना नभएको सहायक प्रमुख जिल्ला अधिकारी एंव सूचना अधिकारी टोपेन्द्रबहादुर केसीले बताए । उनका अनुसार अवस्था सामान्य बन्दै गएको छ ।
बाँकेमा सामाजिक सदभाव बिथोलिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले मंगलबार दिउसो १ वजेदेखि लागु हुने गरी नेपालगञ्ज बजारमा अनिश्चितकालिन कफर्युको जारी गरेको थियो । स्थायिन प्रशासन ऐन, २०२८ को दफा ६ क १ ३ बमोजिम कफर्यु आदेश जारी गरिएको हो । आदेश उल्लघंन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मिले आवश्यकता अनुसार बल प्रयोग गरी कानून बमोजिम कारबाहि समेत गर्न सक्नेछन । कफर्यु पुर्वमा राप्ती नदिको पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो , उत्तरमा राँझा चोक सम्म र दक्षिणमा जमुनाह नाका सम्म कफर्यु आदेश जारी गरिएको हो । कफर्यु अवधिभर ति नाका भित्र भेला हुने, सभा समारोह गर्न, जुलुस रयाली गर्न, हुल हुज्जत गर्न र हिडडुल गनृ समेत नपाइने बताइएको छ । नेपालगञ्जमा केहि दिन देखि धार्मिक सदभाव खलबलिने गरी भैरहेका क्रियाकलाप लाई स्थानिय प्रशासनले नजिकबाट नियालिरहेको थियो ।