निखिल उप्रेती ‘आचार्य’ को टिजर सार्वजनिक

निखिल उप्रेती ‘आचार्य’ को टिजर सार्वजनिक

१० भदौ काठमाडौं । निखिल उप्रेतीले निर्देशन गरेको एक्सनप्रधान फिल्म ‘आचार्य’को टिजर युट्युबमा सार्वजनिक भएको छ । टिजरले यो फिल्म बदलाको कथावस्तुमा आधारित रहेको बुझ्न सकिन्छ । शीर्ष कलाकार समेत रहेका निखिल टिजरमा एकछत्र देखिएका छन् ।

उनी दुश्मनविरुद्ध एक्सन अवतारमा प्रस्तुत भएको देखिन्छ । निखिलसँगै फिल्ममा पूर्णिका सिजापतिलाई पनि देख्न सकिन्छ । फिल्म ९ असोज देखि प्रदर्शन तयारीमा छ ।