रोल्पाबाट विप्लवलाई धक्का

रोल्पाबाट विप्लवलाई धक्का

७ भदौ रोल्पा । रोल्पामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादी का केन्द्रीय सदस्य लालबहादुर वली ‘विश्व’ सहित १३ जनाले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।रोल्पाको गंगादेव गाउँपालिका निवासी वलीसहित १३ जनाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरेको जानकारी दिएका हुन्।

पार्टी परित्याग गर्नेमा जिल्ला सचिवालय सदस्य नन्दे वली ‘मंगल’, जिल्ला सदस्य पूर्णबहादुर वली, गाउँपालिका सदस्य धनबहादुर केसी, तिलक महरा, मनवीर घर्ती, लोकेन्द्र डाँगी, युवा संगठन नेपालका गाउँपालिका सदस्य रुद्र केसी, हिरालाल वली, कमल वली, निर्मण वली र लेखनाथ डिसीलगायत रहेका छन्।यसअघि रुपन्देहीका सरद वली, बसन्त श्रेष्ठलगायतका नेताहरूले पनि विप्लव नेतृत्वको नेकपा माओवादी परित्याग गरेका थिए।