तीज गीत ‘आँशु बरर‘’ सार्वजनिक

तीज गीत ‘आँशु बरर‘’ सार्वजनिक

७ भदौ काठमाडौं । गायक सुरेश शाहीको स्वरमा तीज गीत ‘आँशु बरर‘ सार्वजनिक भएको छ । नेपाली महिलाका दैनिक भोगाइदेखि पारिवारिक सम्बन्ध र बेरोजगारीसम्मका विषय गीतमा समेटिएका छन् ।रचनाकार सुमित्रा खड्का यो तीजमा आफूहरूको गीतले भरपूर मनोरञ्जन दिने विश्वास गर्छिन् ।

गायक शाहीको युट्ब च्यानलबाट आइतबार सार्वजनिक गीतमा नवोदित गायिका विनूशा राईको स्वर रहेको छ । सुमित्रा खड्काको रचना रहेको गीतको म्युजिक भिडियोमा गायक सुरेश शाही, सुमित्रा खड्का, सुदीपा पाठक र विक्की विश्वकर्माको अभिनय छ । म्युजिक भिडियोको निर्देशन शेर शाहीले गरेका छन् ।