७ भदौ काठमाडौं । रुस र युक्रेनबीच जारी युद्धका क्रममा शनिबार भएका पछिल्लो हवाई आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ ।युक्रेनमा रुसी ड्रोन तथा क्षेप्यास्त्र प्रहारबाट सातजनाको ज्यान गएको हो भने रुसको क्रास्नोदार क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणमा तीनजनाको मृत्यु भएको छ । यसअघि शुक्रबार मध्य युक्रेनस्थित एक शपिङ सेन्टरमा भएको रुसी हमलामा १६ जनाको मृत्यु भएको थियो ।युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार राजधानी किभमा रुसले रेल पूर्वाधार र लोकोमोटिभ डिपोलाई लक्षित गरी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो । दिउँसो भएका अन्य आक्रमणसहित किभमा तीनजनाको मृत्यु भएको उनले बताएका छन् ।