५ भदौ काठमाडौं । नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य घटना नै हुनुपर्ने हो । किनकि उनले कयौन् फिल्मको प्रिमियर अनुभव गरेकी छन् ।‘मास्टर्नी’को प्रिमियरमा भने प्रियंका मञ्चमै रोइन् । रुने बेला उनी भन्दै थिइन्, ‘आज मेरा लागि विशेष दिन हो ।’प्रिमियरमा उपस्थित पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा उनका आँखा रसाएका हुन् । छेउमा रहेकी अर्की नायिका गौरी मल्लले उनलाई ढाडस दिइन् ।
प्रियंका ‘सुक्क सुक्क’ रोइन् । धेरै आँसु झर्दा मेकअफ बिग्रने थियो । त्यसैले पनि उनले आफूलाई सम्हाल्न भ्याइन् ।अर्कोतर्फ प्राइम करिअर छायामा परेपछि उनले कमब्याका लागि फिल्म निर्माणमा हात हालेकी हुन् । सायद उनले निर्माणको झमेला र संघर्ष सम्झेर भावुक भइन् । अब निर्माणको चरण सकियो ।प्रियंका यस फिल्मको प्रिमियरमा संयमित र सजग पनि देखिएकी थिइन् । प्रचार गीत दबाबमा परेपछि त्यसका गायक दुर्गेश थापालाई उनले प्रिमियरमा बोलाइनन् ।