पिसाबमा रगत देखिएको छ ? नगर्नुस् है बेवास्ता

पिसाबमा रगत देखिएको छ ? नगर्नुस् है बेवास्ता

५ भदौ काठमाडौँ । पिसाब फेर्दा यसको रङ्ग बदलिएको जस्तो देखिरहनु भएको छ पिसाब अचानक सामान्यबाट गुलाबी वा रगतजस्ता बनेको मानिसहरूले प्रायः गुनासो गरेको सुनिन्छ । एक्कासि देखिने यस्ता परिवर्तनहरूले शरीरमा गम्भीर रोग विकास भएको पो हो कि भनेर चिन्ता र डर पैदा गर्न सक्छन् ।

यो भविष्यमा पीडाको कारण पनि बन्न सक्छ । यस्ता डरहरू सामान्य भए पनि, यस्ता लक्षणहरूलाई बेवास्ता गर्नु चाहिँ धेरै खतरनाक हुन सक्छ ।कहिलेकाहीँ, मानिसहरूले पिसाबको रङ्गमा हुने परिवर्तनलाई चिसो पेय पदार्थ वा अन्य कुनै खाना खाएको परिणाम भनेर बेवास्ता गर्छन् । आफूले आएको खानेकुरा वा पेय पदार्थले पो पिसाबको रङ्ग फरक देखिएको हो, यो त छोटो समयमै निको भइहाल्छ नि भन्ने उनीहरूको सोच हुन्छ तर यस्तो लापरबाहीले समस्यालाई अझ खराब बनाउन सक्छ अनि कहिलेकाहीँ अनेकौँ चेकजाँच र औषधिको सेवन गरेर मात्रै रोग निको हुन सक्छ । त्यसैले पिसाबमा रगत देखिनुको कारणहरू पहिले नै बुझ्नु राम्रो हुन्छ ।

मेडिकल भाषामा यो समस्यालाई के भनिन्छ

पिसाबमा रगत देखिने अवस्थालाई हेमेटुरिया भनिन्छ । यस्तो अवस्थामा पिसाब गुलाबी, रातो वा खैरो देखिन सक्छ । पिसाबमा थोरै मात्र रगत चुहिँदा पनि पिसाबको रङ फरक देखिन सक्छ । यो अवस्था भएका धेरै मानिसहरूलाई पीडा हुँदैन । तर रगत जमेको छ वा यसले पिसाब रोकिदिएको छ भने पिसाब गर्दा पीडा हुन सक्छ ।

मूत्राशय, मिर्गौला, मूत्रमार्ग, वा प्रोस्टेटको सङ्क्रमण वा सुन्निएर पिसाबमा रगत आउन सक्छ ।
कुनै पनि प्रकारको चोटपटक ।
मूत्रनलीमा पत्थरी भएमा ।
अचानक, धेरै व्यायाम गर्नाले पनि कहिलेकाहीँ यो अवस्था निम्त्याउन सक्छ ।
बेनाइन प्रोस्टेटिक हाइपरप्लासिया बीपीएचका कारण । यो पुरुषहरूमा हुने एक सामान्य समस्या हो जहाँ प्रोस्टेट ग्रन्थी बढ्छ र क्यान्सर निम्त्याउँदैन ।
मूत्राशयको क्यान्सर, मिर्गौलाको क्यान्सर, मिर्गौलाको पत्थरी ।
मिर्गौलासँग सम्बन्धित कुनै पनि गम्भीर समस्या ।
हेमोफिलिया जस्ता रगत जम्ने विकारहरूले पनि यो अवस्था निम्त्याउन सक्छ ।
यस्तो अवस्थामा के गर्ने

यदि तपाईँले यस प्रकारको समस्या भोग्नु भइरहेको छ भने ढिलाइ वा र बेवास्ता नगरी डाक्टरसँग जाँच गराउनुहोस् । केही परीक्षणहरू गरेर डाक्टरले यो रोग पत्ता लगाउन सक्छन् । समयमै सही औषधिको सेवनले छिटै रोग निको बनाउन मद्दत मिल्न सक्छ । तर तपाईँले ढिलो गर्नुभयो भने यो समस्या गम्भीर बन्न सक्छ र भविष्यमा अरू धेरै समस्या निम्त्याउन सक्छ । रातो पाटी अनलाइन बाट साभार