३ भदौ, काठमाडौं । भारतको कोलकातामा बुधबार बिहान एक होटलमा भीषण आगलागी हुँदा ठूलो मानवीय क्षति भएको छ । आगलागीमा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् ।भारतीय मिडियाहरुका अनुसार आगलागी कोलकाताको मिर्जा गालिब स्ट्रिटस्थित एक होटलमा आज बिहान करिब २ बजे भएको हो ।
अधिकांश मानिसहरू सुतिरहेका बेलो होटलमा आगलागी भएको थियो ।आगलागीमा मृत्यु भएका ९ जना बंगलादेशी नागरिक रहेको र उनीहरू उपचारका लागि कोलकाता आएको प्रारम्भिक जानकारी छ ।आगोबाट बाक्लो धुवाँ र लप्का निस्किएपछि होटल परिसरमा भागदौड मच्चिएको थियो । आगो केही समयमै तीव्र रूपमा फैलिएको थियो ।