उपसभामुख ठाकुरले दिइन् किशोर श्रेष्ठविरूद्ध जाहेरी

उपसभामुख ठाकुरले दिइन् किशोर श्रेष्ठविरूद्ध जाहेरी

१ भदौं काठमाडौँ । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरूद्ध जाहेरी दिएकी छन् । सोमबार उनले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी हुन् । उपसभामुख ठाकुरले जाहेरी दिएको ललितपुरका एसएसपी तुल बहादुर कार्कीले पुष्टि गरे ।

ठाकुर विरुद्ध जनआस्थामा केही दिनअघि एउटा सामाग्री प्रकाशन भएको थियो । उपसभामुखले सो पत्रिकाले आफ्नो चरित्र, प्रतिष्ठा र सामाजिक मर्यादामा आँच पुग्नेगरी अनलाइन सामग्री प्रकाशित गरेको भन्दै ठाकुरले उनलाई कारबाही गर्न माग गरेकी छन् ।