‘मास्टर्नी’ १६ वर्षमाथिकाले मात्रै हेर्न मिल्ने

‘मास्टर्नी’ १६ वर्षमाथिकाले मात्रै हेर्न मिल्ने

२९ साउन काठमाडौं । नायिका प्रियंका कार्कीको होम ब्यानरमा बनेको फिल्म ‘मास्टर्नी’ १६ वर्ष भन्दामाथिका दर्शकले मात्रै हेर्न पाउने भएका छन् ।केन्द्रीय चलचित्र जाँच समिति सेन्सर बोर्डले हल रिलिजका लागि फिल्मलाई शुक्रबार एडल्ट प्रमाणपत्र दिइएको हो ।

निर्माताका लागि एडल्ट प्रमाणपत्र पाउनु घाटाको विषय हो । नेपालमा ब्ल्कबस्टर भएका फिल्ममा परिवारिक दर्शकको उपस्थिति रहने गर्छ । एडल्ट सर्टिफिकेट पाएका फिल्ममा यो समूहका दर्शकको चासो कम हुने गरेको छ ।