पहिरोले घर पुरिँदा बाजुरामा एकजना बेपत्ता, दुई घाइते

पहिरोले घर पुरिँदा बाजुरामा एकजना बेपत्ता, दुई घाइते

२९ साउन बाजुरा । अविरल वर्षापछि पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका ९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई घाइते छन् ।स्थानीय ३९ वर्षीय धर्म थापा र ४३ वर्षीय कर्णबहादुर थापाको घर पहिरोले पुरिएको हो । प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार पहिरोले घर पुरिँदा दुई जना घाइते भएका छन् ।

त्रिवेणी नगरपालिका–९ का वडाध्यक्ष नन्दा थापाका अनुसार लगातारको वर्षाका कारण घाइतेको उद्धार गर्न तथा बेपत्ता भएका व्यक्तिको खोजी गर्न कठिनाइ भइरहेको बताउनुभयो ।