१९ भदौ काठमान्डौ । अमेरिकी गुप्तचर संस्था सिआईएका निर्देशक जोन र्याटक्लिफ गत साता गोप्य रूपमा मस्को पुगेका थिए।उनले रूसी गुप्तचर संस्था एफएसबीका प्रमुख अलेक्जेन्डर बोर्तनिकोभलाई भेटेर युक्रेन युद्धमा रूसले बेहोरिरहेको ठूलो मानवीय तथा आर्थिक क्षतिबारे आफ्नो निर्मम मूल्यांकन सुनाए।युद्ध लम्बिँदै जाँदा रूसको सैन्य र आर्थिक अवस्था अझ खराब हुन सक्ने भन्दै उनले मस्कोलाई गम्भीर शान्तिवार्तामा लाग्न आग्रह गरेको न्यूयोर्क टाइम्सले जनाएको छ।
अगस्ट २७ मा प्रकाशित न्यूयोर्क टाइम्सको त्यो समाचारमा एउटा आश्चर्यजनक विवरण पनि थियो।र्याटक्लिफले सार्वजनिक रूपमा भन्दै आएको एउटा आकलन उद्धृत गर्दै न्यूयोर्क टाइम्सले लेख्यो— युक्रेनको अग्रिम मोर्चामा रूसी सैनिकको औसत जीवन अवधि ३५ मिनेटभन्दा कम छ।के साँच्चै युद्धमोर्चाको अग्रभागमा पुगेको रूसी सैनिक आधा घण्टामै मारिन्छयो आँकडा सुन्दा पत्याउन कठिन लाग्छ। यो सूचनाको स्रोत के हो, कहाँबाट आयो यो आकलन र विश्लेषणयसको सुरूको मूल स्रोत सिआईएको कुनै सार्वजनिक गुप्तचर प्रतिवेदन होइन।