रोल्पामा पहिरोले घर पुरियो २ जनाको मृत्यु, २ जना घाइते

रोल्पामा पहिरोले  घर पुरियो  २ जनाको मृत्यु, २ जना घाइते

२८ साउन रोल्पा । रोल्पामा पहिरोले घर पुरिंदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएको प्रहरीले जनाएको छ ।रोल्पाको थबाङ गाउँपालिका ५ बोटलबारामा गएरातीआठ बजेर ४० मिनेटको समयमा घरमाथिबाट पहिरो झरेको थियो ।

पहिरोमा मृत्यु हुनेमा थबाङ गाउँपालिका ५ बस्ने वर्ष ६० का कमलबहादुर पुन मगर र वर्ष १८ की शान्ती पुन मगर रहेका छन् ।पहिरोमा परी कमलबहादुर पुन मगर र अन्य ६ वटा घर गोठहरु पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।२२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्तीमगर घाइते भएका छन् ।