२५ साउन दोलखा । दोलखाको रोल्वालिङ क्षेत्रमा पर्ने यलुङरी हिमालमा हिमपहिरोमा परेर बेपत्ता भएका ५ जनाको शव फेला परेको छ ।हिमाल आरोहणका क्रममा गत वर्ष कार्तिक १७ गते नेपाली तथा विदेशी गरी १५ जना बेपत्ता भएकामा ८ जनाको उद्वार गरिएको थियो भने दुईजनाको सोही समयमै शव भेटिएको थियो ।
बाँकी पाँचजनाको शव पनि अहिले बल्ल भेटिएको हो ।यस्तै, फ्रान्सका मेनफेडी क्रिस्टिना एन्ड्रे, इटालीका पाउलो कोको र मार्कोस किरचिलर, जर्मनीका ज्याकोब इसरिवर तथा क्यानडाका मार्को डि मारसेलो गरी पाँच जना विदेशी नागरिक बेपत्ता भएका थिए ।स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । हिमपहिरोमा परी दोलखाको गौरीशङ्कर गाउँपालिका–९ का पदम तामाङ र सोलुखुम्बुका मेरे कार्कीको शव त्यतिबेलै भेटिएको थियो ।