२२ साउन काठमान्डौं । दुई नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन्।शुक्रबारदेखि निर शाह निर्देशित कमला मिस र ओम प्रतिक निर्देशित हली देशभर प्रदर्शनमा आएका हुन्। यी दुवै फिल्म सामाजिक कथावस्तुमा आधारित छन्।कमला मिसु साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित कृति कोही कि बरबाद होस् बाट प्रेरित फिल्म हो।
यसमा निर शाह, रमेश बुढाथोकी, वासना तिमिल्सिना, शिवम् सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी, प्रणव सुबेदी भोला र सञ्जय खतिवडालगायत कलाकारहरूको अभिनय छ।