२१ साउन काठमाडौँ । प्रहरीले एक जना पत्रकार सहित तिन जनलाई पक्राउ गरेको छ । कारको गियर बक्सभित्र लुकाएको खैरो हेरोइनलुकाएर ल्याइएको ४४।३४० ग्राम खैरो हेरोइनसहित एक अनलाइन सञ्चारमाध्यमका समाचारदाता न्युज रिपोर्टर सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
लागुऔषध नियन्त्रण ब्युरो काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार साउन २० गते लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट खटिएको टोलीले सिन्धुलीको दुधौली नगरपालिका–९ मा सिरहाको मिर्चैयाबाट काठमाडौँतर्फ आउँदै गरेको बा १६ च ७८४६ नम्बरको कार रोकी जाँच गर्दा गियर बक्सभित्र लुकाइएको ४४ ग्राम ३४० मिलिग्राम खैरो हेरोइन बरामद गरेको हो।घटनामा कार चालक सिराहाको लक्ष्मीपुर गाउँपालिका–२ का २६ वर्षिय उमेशकुमार यादव, सिराहाको लहान नगरपालिका–१० का ३० वर्षिय रमेशकुमार राम र लक्ष्मीपुर गाउँपालिका–२ कै २५ वर्षिय गुल्सनप्रसाद साह पक्राउ परेका छन् ।प्रहरीका अनुसार पक्राउ परेका उमेशकुमार यादव ‘जनजागरण खबर’ नामक अनलाइन सञ्चारमाध्यमका न्युज रिपोर्टर हुन् ।उनीहरूको साथबाट चार थान मोबाइल फोन र प्रयोग गरिएको बा १६ च ७८४६ नम्बरको कार समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।