२१ साउन, काठमाडौं । प्रलोपा पार्टी फुटेको छ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वमाओवादी नेता जनार्दन शर्मा, पूर्वरास्वपाका नेता सन्तोष परियारलगायतले स्थापना गरेका प्रगतिशील लोकतान्त्रिक पार्टी विभाजित भएको छ ।धेरै नेताहरु पार्टीबाट अलग भइसकेपछि बाँकी रहेका नेताहरु पनि छट्टिएका हुन् ।
हाल अध्यक्ष परिषद्मा रहेका दुर्गा सोब र सन्तोष परियार पनि छुट्टिने सहमति गरेका छन् ।सहमति अनुसार बाबुराम भट्टराईले प्रलोपा स्थापना हुनअघि बनाएको नेपाल समाजवादी पार्टी नयाँ शक्ति पुन बिउतिएको छ । यसको नेतृत्व दुर्गा सोबले गर्ने छिन् । यो पार्टीको चुनाव चिह्न आँखा नै हुने सहमति भएको छ ।सन्तोष परियारको पार्टी प्रलोपा नै हुने सहमति भएको छ । चुनाव चिह्न आँखाबाहेकको तीन रङको हुने गरी प्रक्रिया थाल्ने सहमति भएको छ ।