हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

२० साउन काठमान्डौं । गत १ वैशाखदेखि असार मसान्तसम्म देशभर सञ्चालन गरेको विशेष अभियानमा अवैध हातहतियारसम्बन्धी मुद्दामा संलग्न ८४ जनालाई पक्राउ परेका छन् ।केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौं उपत्यकाबाट आठ, कोशी प्रदेशबाट १४, मधेश प्रदेशबाट ११, बागमती प्रदेशबाट पाँच, गण्डकी प्रदेशबाट १८, लुम्बिनी प्रदेशबाट १३, कर्णाली प्रदेशबाट १० र सुदूरपश्चिम प्रदेशबाट पाँच जना पक्राउ परेका हुन् ।

उनीहरूबाट चाइनिज पेस्तोल दुई थान, पेस्तोल दुई थान, रिभल्भर एक थान, कटुवा पेस्तोल नौ थान, भरुवा बन्दुक ४१ थान, बन्दुक नौ थान र एयरगन तीन थान बरामद भएको छ ।त्यसैगरी, चाइनिज पेस्तोलका चार राउन्ड, एसएलआरका २६३ राउन्ड, कटुवा पेस्तोलका १४ राउन्ड तथा विभिन्न प्रकारका बन्दुकमा प्रयोग हुने ७० राउन्ड गोलीसमेत बरामद भएको छ ।