१९ साउन काठमान्डौं । फिफा विश्वकपमा देशलाई ऐतिहासिक सफलता दिलाएका केप भर्डेका गोलकिपर भोजिन्हा चिली पुग्दा भव्य स्वागत गरिएको छ। चिलीको चर्चित फुटबल क्लब कोलो कोलोमा आबद्ध हुन पुगेका ४० वर्षीय भेट्रान गोलकिपरलाई समर्थकले उत्साहमय स्वागत गरेका हुन्।
आफ्नो देश केप भर्डेलाई पहिलो पटक फिफा विश्वकपमा छनोट गराउँदै नकआउट चरणसम्मको ऐतिहासिक यात्रा तय गराउन भोजिन्हाले उत्कृष्ट प्रदर्शन गरेका थिए। विश्वकपमा टोलीको मुख्य खम्बा बनेर उत्कृष्ट बचाउ गरेपछि उनी एकाएक विश्वभर चर्चाको शिखरमा पुगेका हुन्।उमेरले चार दशक भए पनि मैदानमा उनको चुस्त प्रदर्शन र नेतृत्व क्षमताबाट प्रभावित हुँदै चिलीको शीर्ष क्लब कोलो कोलोले उनलाई टोलीमा भित्र्याएको हो।