बाँकेमा लागु औषधका दुई जना कारोवारी नगद सहित पक्राउ

बाँकेमा लागु औषधका दुई जना कारोवारी नगद सहित  पक्राउ

१९ साउन बाँके । बाँके प्रहरीले नगद सहित लागु औषधमा संलग्न दुई जनालाई पक्राउ गरेको जनाएको छ ।नेपालगन्ज उपमहानगरपालिका–४ स्थित न्युरोडमा लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा र वडा प्रहरी कार्यालय नेपालगन्जको संयुक्त टोलीले ५२६ दशमलव २९० ग्राम लागुऔषधसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

प्रहरीले नेपालगन्ज उपमहानगरपालिका–४ का ३० वर्षीय सुशील भण्डारीका साथबाट १३६ ग्राम ८५० मिलिग्राम लागुऔषध फेला परेको छ ।नेपालगन्ज उपमहानगरपालिका–१० का ५५ वर्षीय अजयकुमार जयशवालका साथबाट ३८९ ग्राम ४५ मिलिग्राम लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिए ।उनीहरुका साथबाट भारतीय रुपैयाँ दुई लाख एक हजार ४०० रकम र एक लाख ८० हजार रुपैयाँसहित पाँच लाख दुई हजार २४० बरामद भएको छ । प्रहरीले उनीहरुबाट एक थान डिजिटल तराजु र दुई थान मोबाइलसमेत बरामद भएको जनाएको छ ।