१९ साउन काठमाडौं। मार्भलको नयाँ सुपरहिरो चलचित्र ‘स्पाइडर–म्यानः ब्रान्ड न्यू डे’ले प्रदर्शनको पहिलो सप्ताहन्तमै विश्वभरबाट ९२७ मिलियन अमेरिकी डलरको कमाई गर्दै इतिहासकै दोस्रो ठूलो ओपनिङ विकेन्डको कीर्तिमान बनाएको छ।यससँगै चलचित्रले करिब २२५ मिलियन डलर को अनुमानित निर्माण लागतलाई पहिलो सप्ताहन्तमै उछिनेको छ।
वास्तविक जीवनका श्रीमान्–श्रीमती टम हल्यान्ड र जेन्डाया अभिनित यो चलचित्र सन् २०१९ मा प्रदर्शन भएको ‘एभेन्जर्सः एन्डगेम’पछि दोस्रो ठूलो ओपनिङ गर्ने चलचित्र बनेको हो।