१९ साउन काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा यही साउन २९ गते स्वदेश फर्कने बताइएको छ ।देउवा निकट स्रोतका अनुसार हङकङमा रहेका देउवाले सोही दिनका लागि नेपाल आउनका लागि हवाई टिकट बुक गरिसकेका छन् ।
उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा भने उनीसँगै नेपाल नआउने बुझिएको छ ।जेनजी आन्दोलनमा घाइते देउवा दम्पती थप उपचारका लागि सिंगापुर गएका थिए । त्यहाँबाट उनीहरु हङकङ पुगेका थिए ।