१९ साउन प्युठान । प्युठानमा ३२ थान भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ ।जिल्लाको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट ठूलो संख्यामा अवैध भरुवा बन्दुक बरामद भएको हो ।
इलाका प्रहरी कार्यालय लुंगेबहानेबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा वनभित्र पातले छोपेर लुकाइछिपाइ राखेको अवस्थामा भरूवा बन्दुक ३२ थान, सोही बन्दुकको नाल ४ थान, कुन्दा १ थान र भरूवा बन्दुकको चाप ३ थान सोमबार बिहान बरामद गरेको हो ।