९ भदौ काठमाडौँ । मलेशियामा आयोजना हुने एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारीमा रहेको नेपालले घरेलु टोली मलेशियामाथि जित निकालेको छ।मलेशियाको सेलाङ्गोर टर्फ मैदानमा आज भएको अभ्यास खेलमा नेपालले घरेलु टोली मलेशियामाथि नौ विकेटको जित निकालेको हो। जितका लागि मलेशियाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालले जवाफी खेल खेल्दा गर्दा वर्षा भएको थियो।
त्यसपछि निर्धारित ५० ओभरको खेललाई छोट्याएर ४८ ओभरमा झारिएको थियो। त्योसँगै नेपालले ४८ ओभरमा २२८ रनको नयाँ लक्ष्य प्राप्त गर्यो। उक्त लक्ष्य नेपालले २८ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक १६१ रनको योगदान दिए। उनले ८५ बलमा १२ चौका र १२ छक्का प्रहार गर्दै १६१ रन बनाएका हुन्।