सामुदायिक वनमा ३९ लाखभन्दा बढी हिनामिना, ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सामुदायिक वनमा ३९ लाखभन्दा बढी  हिनामिना, ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

१८ साउन सुर्खेत । सुर्खेतको काठविक्रिबाट प्राप्त आम्दानीको रकम हिना मिना भएको आरोपमा ११ जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ ।सुर्खेतको चौकुने गाउँपालिका–१ स्थित मालिका सामुदायिक वन उपभोक्ता समूहमा काठ बिक्रीबाट प्राप्त आम्दानी हिनामिना भएको आरोपमा ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समूहका तत्कालीन पदाधिकारी तथा लेखापरीक्षकविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार, मालिका सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरूले झाडी सफाइ, अग्निरेखा निर्माण, घाँस रोपण, वृक्षारोपण, वन हेरालु तलब, भैँसीपालन, बाख्रापालन, डढेलो नियन्त्रण तथामौरीघारलगायत शीर्षकमा नक्कली बिल–भरपाई तयार गरी लेखापरीक्षण समेत गराई वनको आम्दानी रकम हिनामिना गरेको उजुरीपछि अनुसन्धान गरिएको थियो । अनुसन्धानका क्रममा काठ बिक्रीबाट प्राप्त आम्दानीलाई विभिन्न शीर्षकमा खर्च भएको देखाएर झुट्टा विवरण तयार पारिएको आयोगको दाबी छ ।