१८ साउन काठमाडौं । अभिनेत्री तथा निर्देशक झरना थापाले सिनेमा ‘ए मेरो हजुर ५’को छायांकन सुरु गर्न लागेको बताएकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले यही साउन २९ देखि सिनेमाको छायांकन सुरु गरिने जानकारी दिएकी हुन् । सिनेमा सञ्जय लामाले खिच्नेछन् ।सिनेमाको छायांकन बाजुरास्थित बडीमालिका मन्दिरबाट सुरु गर्न लागेको उनले बताइन् ।