१८ साउन काठमाडौं । पाकिस्तानको स्वात उपत्यकास्थित एक प्रहरी चौकीबाहिर भएको आत्मघाती बम विस्फोटमा १४ जनाको मृत्यु भएको छ । २२ जना घाइते भएका छन् ।विस्फोट आइतबार साँझ अफगानिस्तानको सीमावर्ती खैबर पख्तुनख्वा प्रान्तअन्तर्गत स्वात उपत्यकाको कबालसहरमा विरोध प्रदर्शनका लागि भेला भएका मानिसहरूको भीडनजिक भएको थियो ।
स्वात जिल्लाका प्रहरी प्रमुख उमर खानका अनुसार प्रहरी टोलीले चौकीको प्रवेशद्वारमा आत्मघाती आक्रमणकारीलाई रोकेर खानतलासी गर्ने प्रयास गरेपछि उनले आफूलाई विस्फोट गराएका थिए ।