पेट्रोलमा ३ र डिजेलमा ५ रुपैयाँ बढयो

पेट्रोलमा ३ र डिजेलमा ५ रुपैयाँ बढयो

१८ साउन काठमाडौँ ।नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ ।भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर रु ३१.१९ र डिजेलमा प्रतिलिटर रु ३९.६७ ले बढेर आए पनि आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगम सञ्चालक समितिको निर्णयअनुसार २०८३ साउन १८ गते बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु ३ र डिजेलरमट्टितेलमा प्रतिलिटर रु ५ ले  वृद्धि गरिएको छ।