१७ साउन बाँके । बाँकेमा एम्बुलेन्स दुर्घटना भएको छ । बाँके प्रहरीका अनुसार नेपालगन्ज बाट बिरामी छोडेर दाङ् फर्कदै गरेको रा १ च १५८८ नम्बरको एम्बुलेन्स अगैया पुल नजिकै अनियंत्रित भैई दुर्घटना भएको हो ।
एम्बुलेन्स चालक तुलसीपुर उपमहानगर नगरपालिका बेलवा घर भएका कृष्ण वलि घाइते भएका छन । उनको उपचार भैरहेको प्रहरीले जनाएको छ ।