१७ साउन बाँके । बाँकेमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगञ्ज उपमहानगरपालिका १९ बाट ३८ ग्राम ७६० मिलिग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १९ बस्ने ३० वर्षीय सुरेश वर्मा र सोही स्थान बस्ने २४ वर्षीया अनिता वर्मा रहेका छन् ।