सामाजिक सद्भाव बिथोल्ने ३९ जना प्रहरीको नियन्त्रणमा

सामाजिक सद्भाव बिथोल्ने ३९ जना प्रहरीको नियन्त्रणमा

१६ साउन काठमाडौँ । तराईका विभिन्न ६ जिल्लामा सामाजिक सद्भाव बिथोलेको आरोपमा प्रहरीले ३९ जनालाई नियन्त्रणमा लिएको छ ।केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार शुक्रबार पक्राउ परेका ती व्यक्ति अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएका छन् । उनीहरूले सामाजिक सद्भाव बिथोल्ने गतिविधि गरेको उनले बताए ।

शुक्रबार सबैभन्दा बढी धनुषामा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयको हिरासतमा २१ जनालाई राखिएको छ । त्यसबाहेक सिरहामा ५, सर्लाहीमा ९, पर्सामा १, महोत्तरीमा २ र सप्तरीमा १ जना नियन्त्रणमा छन् ।