१५ साउन काठमाडौं । सिरहामा गोली लागेर मृत्यु भएका गणेश यादवका आफन्त र छिमेकीले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङविरुद्ध शुक्रबार प्रदर्शन गरेका छन् ।सुनसरी घटनाको विरोधमा बिहीबार साउन १४ सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा औरही गाउँपालिका–२, तुलसियाहीका १५ वर्षीय गणेशको मृत्यु भएको थियो । शुक्रबार गृहमन्त्री गुरुङले गणेशको परिवारलाई भेट्दै छन् ।
यो खबर थाहा पाएपछि स्थानीयले त्यहाँको बनिनिया चोकमा प्रदर्शन गरेका हुन् ।उनीहरूले मृतकले न्याय नपाउन्जेल गृहमन्त्रीलाई प्रवेश निषेध गर्ने बताएका छन् । हातमा प्लेकार्ड बोकेर उनीहरूले प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी गरेका छन् ।गोली प्रहारबाट १५ वर्षीय बालकको मृत्यु भएकामा स्थानीय आक्रोशित छन् ।