बुवाको हत्या गर्ने छोरा पक्राउ

बुवाको हत्या गर्ने छोरा पक्राउ

१४ साउन रुकुम पश्चिम । बुवाको हत्या गरेको आरोपमा रुकुम पश्चिममा छोरा पक्राउ परेका छन । जिल्लाको सानीभेरी गाउँपालिका –८ फुक्रु हुसिखोलाका २६ वर्षीय पारश घर्तीले बुधबार दिउँसो साढे ३ बजेतिर आफ्नै बुवा ठगेन्द्र घर्तीको टाउकोमा हँसिया प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

ठगेन्द्रको घटनास्थलमै मृत्यु भएको थियो।जिल्लाका प्रवक्ता प्रहरी निरीक्षक झबिन्द्र परियारका अनुसार हत्या आरोपी पारशलाई पक्राउ गरिएको छ।