दीपककुमार शर्मा
१३ साउन बर्दिया । बर्दियाको गुलरियामा रहेको डिभिजन वन कार्यालय पछिल्लो समय रनभुमि मैदान वनेको छ । केहि दिन देखि कर्मचारी काठ व्यवसायी लगायतका विच धकेला धकेल सामान्य हुँदै गइरहेका बेला सोमवार राती कर्मचारीको टाउकोमा सात वटा टाँका लगाउनु पर्ने अवस्था आयो भने भोलीपल्ट टेन्डर हाल्ने विषयमा काठ व्यवसायी आफु आफु विच कुटाकुट हुँदा ४ जना भन्दा वढि घाइते भएका छन ।
डिभिजन वन कार्यालयमा कार्यरत गुलरिया नगरपालिका–१ का इन्जिनियर सुभम यादवमाथि सोमबार राती कार्यालय बाहिर कुटपिट भयो टाउकोमा चोट लागेका यादवको उपचार पछि अहिले घरमा आराम गरिरहेका छन ।
रातिको समय क्यान्टिमै खाना खाइरहेका बेला कार्यालयको पश्चिम पर्खालबाट भित्र छिर्न खोजेपछि त्यसो नगर्न आग्रह गर्दै गेट बाहिर आएका यादवलाई ३ जनाको समुहले टाउकोमा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक रेशम बोहराले बताउनु यो । यादवमाथि आक्रमण गर्ने गुलरिया नगपालिका ५ का सनम बुढाथोकी , रोशन पराजुली र रक्षक शाहलाई यो समाचार तयार पार्दा सम्म प्रहरीले खोजी रहेको जनाएको छ ।चालु आर्थिक वर्षमा काठ लिलामको लागि वन कार्यालयले टेन्डर आह्वान गरेको छ । जसकारण पछिल्लो समय कार्यालय वरपर काठ व्यवसायीहरूको भीडभाड हुने गरेको छ ।
यसैविच मंगलबार दिउँसोडिभिजन वन कार्यालय परिसरमै टेन्डरको विषयमा विवाद र झगडा हुँदा चार जना घाइते भएका छन् । डिभिजन वन कार्यालय नजिकै काठ व्यवसायीमाथि एक समूहले धारिलो हतियार प्रहार गर्दा चार जना घाइते भएका छन् । घाइतेहरूको बर्दिया अस्पतालमा सामान्य उपचारपछि नेपालगन्ज रिफर गरिएको छ ।
हतियार प्रहारबाट गुलरिया नगरपालिका–२ खैरापुरका ४२ वर्षीय निरंकार यादवको दुबै हात र शरीरमा चोट लागेको छ । ३६ वर्षीय ब्रिजेस यादवको टाउ र ढाडमा, ३४ वर्षीय रितेश यादवको टाउको र २१ वर्षीय ओमबाबु यादवको हात र ढाडमा चोट लागेको छ ।धारिलो हतियार प्रहार गर्ने गुलरिया नगरपालिका–५ का २७ वर्षीय गणेश बुढाथोकीलाई नियन्त्रणमा लिइसकेको र अन्यको खोजी भइ भइरहेको प्रहरीले जनाएको छ । यसै विच डिभिजन वन कार्यालयका प्रमुख विजयराज सुवेदी भने विदामा रहनु भएको छ । कार्यालयका सूचना अधिकारी शिवबहादुर केसीले घटनाको विषयमा आफुलाई केहि थाहा नभएको बताउनु भयो । हिमालय टाइम्सबाट