दाङमा २२ जनालाई आमाको नामबाट नागरिकता

दाङमा २२ जनालाई आमाको नामबाट नागरिकता

१३ साउन दाङ । जिल्ला प्रशासन कार्यालयले गत आर्थिक वर्ष २०८२- ८३ मा १८ हजार ७९ जनालाई नयाँ नागरिकता प्रदान गरेको छ ।कार्यालयले सार्वजनिक गरेको प्रगति विवरणअनुसार सो अवधिमा १८ हजार नौ जनाले वंशजका आधारमा, २२ जनाले आमाका नामबाट नागरिकता लिएका छन् । यस्तै, १४ जनाले गैर आवासीय नेपाली नागरिकता, ३४ जनाले वैवाहिक अङ्गीकृत नागरिकता र १० जनाले अङ्गीकृत नागरिकता प्राप्त गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेका अनुसार जिल्ला प्रशासन कार्यालय घोराहीबाट छ हजार ६७०, इलाका प्रशासन कार्यालय तुलसीपुरबाट सात हजार १५५ र इलाका प्रशासन कार्यालय लमहीबाट चार हजार २५४ जनालाई नयाँ नागरिकता प्रदान गरिएको हो ।कार्यालयले एक वर्षको अवधिमा १४ हजार ७३७ वटा नागरिकताको प्रतिलिपिसमेत जारी गरेको छ ।