सुनसरी घटना : प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा मागियो

सुनसरी घटना : प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा मागियो

१२ साउन सिरहा । सुनसरीमा भएको घटनको विरोधमा सिरहामा पनि प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुले प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा मागेका छन । सुनसरीको देवानगञ्ज गाउँपालिका ३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको घटनाको विरोधमा सिरहामा प्रदर्शन गरिएको छ ।

मंगलबार सिरहाको गोलबजार नगरपालिका ८ स्थित पुरानो चोक, चोहर्वामा स्थानीयले निष्पक्ष छानबिनको माग गर्दै पूर्व(पश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् । प्रदर्शनकारीहरूले घटनामा संलग्नमाथि कानुनी कारबाही, प्रहरी दमन अन्त्य तथा न्यायको माग गरेका छन् ।